काठमाडौँ । राष्ट्रिय योजना आयोगले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग २०८५ सम्म सञ्चालन गर्न निर्देशन दिएको छ । निर्धारित समयमा आयोजना पूर्ण रुपमा सम्पन्न हुनेमा अन्योल देखिएपछि आयोगले कम्तीमा २ लेन सडक सञ्चालन गर्न आयोगले नेपाली सेनालाई निर्देशन दिएको हो ।
उक्त आयोजना निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । तर, दोस्रो पटक म्याद थप हुँदा पनि द्रुतमार्ग निर्माणको काम सम्पन्न हुन सकेको छैन ।
अब पनि निर्धारित समयभित्र निर्माण सकिने स्थिति नदेखिएपछि आयोगले कम्तीमा दुई लेन (दाँया वा बाँया) को निर्माण सम्पन्न गरी सवारी सञ्चालनका लागि बाटो खुला गर्न आयोगले निर्देशन दिएको छ ।
दोस्रो पटक थप गरिएको म्याद २०८३ चैत मसान्तमा सकिँदैछ । तर, उक्त अवधिमा पनि काम सकिने छाँटकाँट नदेखिएपछि सरकारले थप तीन वर्षको लागि तेस्रो पटक म्याद थप गर्ने तयारी गर्दैछ ।
सेनाले २०७४ वैशाख २१ गते काठमाडौँ-तराई-मधेश द्रुतमार्ग निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक २०८१ मंसिरसम्म म्याद थप गरिएको उक्त द्रुतमार्ग निर्माणमा दोस्रोपटक २०८३ चैतसम्म म्याद थपिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्