Skip to content
LAXMI SUNRISE BANK

कानून व्यवसायीहरुको सेवा शुल्क तोक्न सांसद लामाको माग

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण गर्न माग गरेकी छिन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले यस्तो माग गरेकी हुन् । 

न्यायका लागि सेवा शुल्क महँगो भएको भन्दै उनले सरकारले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानून निर्माण गर्न आवश्यक रहेको बताएकी छिन् । 

उनले कानून व्यवसायीहरुले पनि सेवा शुल्कबापत कर दिनुपर्ने अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएकी छिन् । त्यस्तै, सांसद लामाले राष्ट्रिय निकुञ्ज आसपासका नागरिकलाई दुःख दिने किसिमका कानून खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

त्यस्तै, उनले झुटा मुद्दा लगाउनेमाथि पनि कारवाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK