Skip to content
LAXMI SUNRISE BANK

ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सीको नयाँ दर्ता खोल्न माग गरेका हुन् । 

ट्याक्सीको नयाँ दर्ता रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सांसद पुनले सो व्यवस्था हटाउन माग गरेका छन् । विगत दुई दशकमा काठमाडौँको जनसंख्या उल्लेख्य बढे पनि ट्याक्सीको संख्या नबढ्नुले मिलेमतो र सिन्डिकेटलाई प्रशय दिएको पुनको भनाई छ । 

उनले २०५७ सालमा करिब ७ हजार ५ सय ट्याक्सी दर्ता रहेको र २०७२ सालको भूकम्पपछि थप १ हजार ५ सय ट्याक्सी थपिएर हाल जम्मा ९ हजारको मात्र ट्याक्सी सञ्चालनमा रहेको जानकारी दिए ।

त्यस्तै, सांसद पुनले सरकारले जानीजानी ट्याक्सीको नयाँ दर्ता रोकेको आरोप लगाउँदै ट्याक्सीको संख्या बढाएर स्वरोजगार बन्न चाहने नागरिकलाई अवसर प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK