काठमाडौँ । सरकारले राजनीतिक दल निकट कर्मचारी संगठनका कर्मचारीलाई दुर्गममा सरुवा गरेको छ । सरकारले गृह मन्त्रालय मातहतका २० जना कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सूची अनुसार कर्मचारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सरुवा हुनेहरु सबै कर्मचारी नायब सुब्बा सरहका कर्मचारी छन् । सरकारले कर्मचारी युनियन र एमाले निकट कर्मचारी संगठनका नेतालाई सरुवा गरेको छ ।
यसरी दल निकट कर्मचारी संगठनका नेताहरुको दुर्गममा सरुवा भएपछि कर्मचारी संगठनका पदाधिकारीहरुले सरकारले प्रतिशोधपूर्ण तरिकाले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्