Skip to content
LAXMI SUNRISE BANK

कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाउने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाउने फरार व्यक्ति पक्राउ परेका छन् । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट १ वर्ष कैद र जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई तिलगंगाबाट पक्राउ गरेको हो ।

उनीविरुद्द सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ । अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ ।

हाल उनलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK