काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ‘फ्री भिसा, फ्री टिकट’ मा मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने ४१ वर्षिया रन्जु कुमारी शाह र ३८ वर्षीय माइती माया थोकर पक्राउ परेका हुन् ।
उनीहरुले फ्री भिसा, फ्री टिकटमा मलेसिया लैजाने भन्दै पीडितहरूसँग स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्टका लागि १५२ जनाबाट प्रतिव्यक्ति १२ हजारका दरले रकम र सक्कल राहदानी संकलन गरी सम्पर्क विहीन भएका थिए ।
बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम उठाएर विदेश नपठाएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले १५२ जना बाट रकम उठाएको पाइएको छ भने हालसम्म ३५ जना पीडित सम्पर्कमा आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्