Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँबाट करिब ६ करोड बराबरको भेपसहित एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् । करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्का पक्राउ परेका हुन् । 

उनलाई काठमाडौँको खिचापोखरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा खिचापोखरी पुगेको प्रहरीले टोलीले खानतलासी गर्दा खड्काको साथबाट विभिन्न कम्पनीका २८ हजार ५ सय बिलबिजक नभएका भेप बरामद गरेको प्रहरीको भनाई छ । 

अवैध भेपसहित पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK