काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशितसम्बन्धी सूचना सार्वजनिक गरेको छ । आईक्यानले शुक्रबार परीक्षाफल प्रकाशितबारे सूचना प्रकाशित गरेको हो ।
तर, आईक्यानले प्रकाशित गरेको परीक्षाफलको सूचनामा गल्ती नै गल्ती भेटिएको छ ।
आईक्यानले प्रकाशित गरेको उक्त सूचनामा परीक्षा, प्राप्ताङ्क, परीक्षाफल, अनुसार जस्ता शब्दहरु नै गलत तरिकाले लेखिएका छन् । यति मात्र होइन, उक्त सूचनामा आईक्यानले आफ्नै नाम समेत बिगारेको छ ।
गतिलोसँग नेपाली समेत लेख्न नजान्ने कर्मचारीलाई काम दिँदा आईक्यानले प्रकाशित गरेको सूचनामा गल्ती नै गल्ती भेटिएको हो । हाल आईक्यानले प्रकाशित गरेको उक्त सूचनाको सामाजिक सञ्जालमा चर्को खिसिट्युरी भइरहेको छ ।
यसो त पहिलोपटक सार्वजनिक गरेको सूचनामा गल्ती नै गल्ती देखिएपछि आईक्यानले पुनः सो सूचना सच्याएर सार्वजनिक गरेको थियो । तर, तीन–तीन पटक सूचना सच्याएर सार्वजनिक गर्दा पनि आईक्यानको सो सूचनामा अझै गल्ती देखिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्