काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणमा मुछिएकी ज्योति गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिइएको छ । ललितपुर जिल्ला अदालतले गुरुङलाई सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको हो ।
गुरुङ काँग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योतिलाई अदालतको सूचनामा धनराज गुरुङकी पत्नी नै लेखिएको छ ।
जातिविरुद्ध सहकारीका सचिव बोधविक्रम थापाले लेनदेन मुद्दा दायर गरेका थिए । सो अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।
ज्योतिमाथि सहकारीको महाप्रबन्धक हुँदा १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । मितेरी सहकारीको रकम हिनामिना प्रकरण ज्योति गुरुङविरुद्ध ‘रेड नोटिस’ समेत जारी भएको छ । यता अदालतले भने दिइएको म्यादभित्र उपस्थित नभए कानून अनुसार हुने र कुनै उजुर नलाग्ने पनि स्पष्ट पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्