Skip to content
LAXMI SUNRISE BANK

चर्को गर्मीले बाँदर पनि प्रताडित, खेल्न थाले पौडी… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ । जेठ महिनाको दोस्रो हप्ता सुरु भएसँगै बढेको चर्को गर्मीको प्रभाव मानिससँगै पशुपंक्षीमा पनि स्पष्ट रूपमा देखिन थालेको छ । अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन् ।

यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ । परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन् । तिर्खा मेट्नुका साथै शरीरलाई शीतल बनाउने उद्देश्यले बाँदरहरू पानीमा हाम फाल्ने, डुबुल्की मार्ने र पौडी खेल्ने गरिरहेका छन् ।

बढ्दो गर्मीसँगै स्वयम्भूका बाँदरहरूले पोखरीलाई शीतलता प्राप्त गर्ने माध्यम बनाएका छन् । गर्मी छल्न उनीहरूको यस्तो गतिविधिले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान समेत आकर्षित गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK