काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो ।
बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यवसायिक उत्कृष्टताका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी लि लाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ ।
निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी पनि गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीका अनुसार यो सम्मानले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप पुष्टि गरेको छ । साथै, आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह गर्दै बीमा क्षेत्रमा नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने कम्पनीले जनाएको छ ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० वटा विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । न्यू बिजनेश एज लिमिटेडले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्