Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ* पाण्डे पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गरेको प्रकरणमा मुछिएपछि सोही प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको प्रहरीको भनाई  छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो

उक्त प्रकरणमा प्रहरीले स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरिसकेको छ । उनीमाथि प्रहरीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK