काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो ।
पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका छन् । सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसीलाई ‘ए’ श्रेणीमा समावेश गरिएको छ ।
त्यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् भने ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह परेका छन् ।
विकासतर्फको ‘डी’ श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल समावेश छन् ।
यसैगरी महिला क्रिकेट टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा परेका छन् । कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् । त्यसैगरी इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा ‘सी’ श्रेणीमा समावेश हुँदा विकासतर्फको ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सवित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् ।
क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक एक लाख २० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले एक लाख, ‘बी’ श्रेणीका खेलाडीले रु ७५ हजार, ‘सी’ श्रेणीका खेलाडीले रु ५५ हजार तथा विकासतर्फ ‘डी’ श्रेणीका खेलाडीले मासिक रु ३५ हजार पाउनेछन् ।
त्यस्तै महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई मासिक रु ५५ हजार, ‘बी’ श्रेणीलाई रु ४० हजार, ‘सी’ श्रेणीलाई रु ३० हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई मासिक रु २५ हजार पारिश्रमिक दिइने क्यानले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्