Skip to content
LAXMI SUNRISE BANK

सोमबार १.०३ अंकले घट्यो नेप्से परिसूचक, बजार २७३०.९१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा ईङवा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, निफ्रा उर्जा ऋणपत्र ७%-२०८५/८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK