काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३२ कम्पनीको एक करोड ४ लाख ३९ हजार ४ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङस मिल्सको भएको छ । यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा फिर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, त्रिशुली जल विद्युत कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्