काठमाडौँ । युद्ध बिरामको छनक देखिएपछि विश्व बजारमा घटेको इन्धनको मूल्य फेरि बढेको छ । अमेरिका-इरानबीच आक्रमणको शृङ्खला नरोकिएपछि युद्ध चर्किने डरले विश्व बजारमा फेरि इन्धनको मूल्य बढेको हो ।
अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बास्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेपछि इरानले त्यसको खुलेरै प्रतिवाद गरेको छ ।
केही दिन अघि मात्र पनि अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ खसालेको थियो । जवाफमा इरानले अमेरिकी जहाजमाथि पनि हमला गरेको बताइएको छ ।
यसले स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प भएको छ । यही कारण विश्व बजारमा ओरालो लागेको इन्धनको मूल्य फेरी एकाएक बढ्न थालेको छ । यसले अमेरिका-इरानबीचको युद्धविराम प्रभावित हुने प्रक्षेपण गरिएको छ । युद्ध अन्त्य हुने सम्भावनाकाबीच फेरि तनाव बढेपछि हाल विश्व बजारमा त्यसको असर पुनः देखिन सुरु भएको छ । त्यसको असर नेपालमा पनि देखिने विश्लेषकहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्