काठमाडौँ । नोबेल एकेडेमीले विद्यार्थीको व्यक्तिगत विवरणमाथि अनाधिकृत पहुँच पुर्याएको खुलासा भएको छ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले विद्यार्थी भर्नाका नाममा व्यक्तिगत विवरणमाथि अनाधिकृत पहुँच पुर्याइ व्यवसायिक प्रयोजनमा प्रयोग गरेको पाइएको हो ।
नोबेल एकेडेमीले देशभरका एसइई दिएका विद्यार्थीहरूको व्यक्तिगत मोबाइल नम्बर विभिन्न अवैध सूत्रहरूबाट संकलन गर्ने गरेको पाइएको छ । कलेजले विद्यालयहरूसँगको ‘सेटिङ’ वा विभिन्न इन्स्टिच्युटहरू मार्फत विद्यार्थी र अभिभावकको निजी जानकारी प्राप्त गर्दछ । सम्बन्धित व्यक्तिको अनुमति बिना व्यक्तिगत विवरण लिनु र त्यसलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्नु कानुनी रूपमा दण्डनीय मानिन्छ । यसरी संकलन गरिएको डाटालाई कलेजले आफ्नो ‘भर्ना अभियान’को मुख्य हतियार बनाउने गरेको छ ।
यति मात्र होइन कलेजले शिक्षकहरुलाई यस काममा प्रयोग गर्दै आएको छ । शैक्षिक सत्रको सुरुमा शिक्षकहरूलाई कक्षाकोठामा पढाउने तयारी गर्न दिनुको साटो कलेजले शिक्षकको हात-हातमा विद्यार्थीको सूची र मोबाइल दिन्छ । शिक्षकहरूले आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरेर अपरिचित विद्यार्थीहरूलाई फोन गर्नुपर्ने बाध्यता छ ।
कलेज प्रशासनले शिक्षकहरूलाई दैनिक निश्चित संख्यामा विद्यार्थीहरूलाई कल गर्नैपर्ने ‘टास्क’ तोकेको हुन्छ । फोनमार्फत विद्यार्थीहरूलाई अनेक थरीका आश्वासन र प्रलोभन देखाएर कलेजमा भर्ना हुन मानसिक दबाब समेत दिने गरेको पाइएको छ ।
शिक्षकहरूलाई विद्यार्थी खोज्ने ‘मजदुर’का रूपमा प्रयोग गर्दा उनीहरूको आत्मसम्मानमा ठेस मात्र पुगेको छैन, यसले पठनपाठनको गुणस्तरमा समेत प्रत्यक्ष असर पारेको छ । एकातिर विद्यार्थीको गोपनीयताको हक हनन् हुनु र अर्कोतिर बौद्धिक जनशक्तिलाई जबरजस्ती बजार प्रतिनिधि बनाइनुले नोबेल एकेडेमीको व्यापारिक मानसिकतालाई छताछुल्ल पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्