Skip to content
LAXMI SUNRISE BANK

अव वृद्धभत्ता लिन्न भन्न पाइने, नलिनेलाई सरकारले सम्मान गर्ने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न आह्वान गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेले लिउँ’ भन्ने अभियानको घोषणा गरेका हुन् । 

उक्त अभियान अन्तर्गत आर्थिक रुपमा सक्षम नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता त्याग्न पाउने भएका छन् । 

त्यसरी गरिएको सामाजिक सुरक्षा भत्ता त्यागबाट बचत भएको रकम वास्तवमै आवश्यकता भएका नागरिकसम्म पुर्याइने अर्थमन्त्री वाग्लेले बताएका छन् । यसले सामाजिक सुरक्षा कोषको दीगो व्यवस्थापन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसरी वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता नलिनेहरुलाई सरकारले सहयोग गर्ने पनि सरकारले घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK