Skip to content
LAXMI SUNRISE BANK

डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा तेलको मूल्य घट्यो

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’मा रोकिएका पानीजहाजहरुलाई सुरक्षित निकास दिने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो घोषणा गरेका थिए । 

ट्रम्पको सोही घोषणापछि विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलरमा झरेको छ । ब्रेन्ट क्रुडसँगै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलर कायम भएको छ । 

यद्यपि अमेरिका र इरानबीच द्वन्द्व सहमति हुन नसक्दा अवस्था भने पूर्ण रुपमा सामान्य भइसकेको छैन । तेलको मूल्य अझै पनि १०० डलर भन्दा माथि नै छ । यद्यपि युद्ध सहमतिका विषयमा दुई देशबीच वार्ता र छलफल भने जारी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK