Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’लाई २ लाख जरिवाना

अर्थ सरोकार

काठमाडौँ । सिंहदरबारभित्रै म्याद गुज्रिएको (डेट एक्सपाएर) दही बेच्ने हाम्रो खाजा घरलाई कारवाही गरिएको छ । आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएको दही बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाम्रो खाजा घरलाई कारवाही गरेको हो ।

कारवाहीस्वरुप काठमाडौँ महानगरपालिका-११ स्थित हाम्रो खाजा घरलाई तत्कालै २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको अनुगमनमा सहभागी विभागका एक अधिकारीले बताएका छन् । 

उक्त खाजा घर राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चालनमा छ । विभागका एक अधिकारीका अनुसार उक्त खाजा घरमा बिक्रीका लागि राखिएको दहीको म्याद सकिएको फेला परेको थियो । 

खाजा घरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ (१) (ख) अनुसार जरिवाना गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK