काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई एक वर्षसम्म सुन नकिन्न आग्रह गरेका छन् । भारतको हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले नागरिकहरुलाई एक वर्षसम्म सुन नकिन्न आह्वान गरेका हुन् ।
सुन नकिन्नसँगै मोदीले खाने तेलको प्रयोग घटाउन पनि आग्रह गरेका छन् ।
अन्तराष्ट्रिय द्वन्द्वका कारण भारतको आपूर्ति श्रृंखलामा देखिएको अवरोध र उर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा देखिएको अस्वभाविक वृद्धिका कारण मोदीले गम्भीर संकटलाई सामना गर्नका लागि आउँदै एक वर्षसम्म सुन नकिन्न र तेलको प्रयोग घटाउन भनेका हुन् ।
भारतसँग पर्याप्त तेल स्रोत नभएकाले पेट्रोलियम पदार्थ, ग्यास र मल जस्ता वस्तु ठूलो मात्रामा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्रामा दबाब परेको छ । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न व्यवहारमा परिवर्तन गर्नुपर्ने मोदीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्