काठमाडौँ । नियम उल्लंघन गर्नेविरुद्ध ट्राफिक प्रहरी निर्मम बन्दै गएको छ । ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध निर्मम बनेको ट्राफिक प्रहरीले लापरवाहीपूर्ण सवारी साधन चलाउने ३१ सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ जनाको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी दिएका छन् ।
अधिकारीका अनुसार लागूपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर १५/२० पटकसम्म लापरवाही गरेर सवारी साधन चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको छ ।
त्यस्तै, जेन-जी आन्दोलनमा जलेर ध्वस्त भएका ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरीलाई थप सशक्त बनाउँदै कारवाही प्रक्रिया अझ बलियो बनाउँदै अघि बढेको अधिकारीले बताएका छन् । यता उपत्यकामा बढ्दो जनसंख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको पनि प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्