काठमाडौँ । बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले बिहीबार (बैशाख २४ गते) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस परेकोले सोही दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
सार्वजनिक बिदा परेसँगै बिहीबार प्रदेशभर सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहने भएका छन् ।
यता बिहीबार बागमती प्रदेशभर सार्वजनिक बिदा परे पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने खुला रहने भएको छ ।
संघीय सरकारले दिने बिदा बाहेक अन्य बिदामा नेप्से बन्द नहुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् । ‘बिहीबार नेप्से खुला नै रहन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘संघीय सरकारले दिएको बिदा बाहेक अरु बिदामा नेप्से बन्द हुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्