काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पुनले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताएका छन् ।
‘अब आवश्यकताअनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्’, सांसद पुनले भने । विकसित मुलुकले कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म बजेट अनुसन्धान र विकासका क्षेत्रमा खर्च गरिने दृष्टान्त दिँदै उनले अन्यन्त न्यून बजेट व्यवस्था गरेर वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसकिने धारणा राखे ।
सांसद पुनले शिक्षकको दरबन्दी बढाएर सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्