काठमाडौँ । रामबहादुर बम्जन (लिटिल बुद्ध) ले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।
बमजनविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
उक्त मुद्दामा अदालतले अभियोग नपुग्ने फैसला गरेको छ । अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ दिएपछि उनी जिल्ला कारागार कार्यालय, सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ ।
बमजनलाई सीआईबीले २०८० पुस २४ गते पक्राउ गरेको थियो । उनी पक्राउ पर्दा प्रहरीले उनको निवासबाट १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो । उनीविरुद्ध बाल यौन दुरुपयोगको कसुर भने सर्वोच्चमा विचाराधीन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्