Skip to content
LAXMI SUNRISE BANK

‘ढुक्क हुनुस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं’

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारले जे गर्छ, आम नेपाली जनताको हितमा गर्ने बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको सन्दर्भमा सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो धारणा राख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । 

‘हामी तपाईंहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ ।’, बालेनले लेखेका छन्, ‘तपाईंहरु ढुक्क हुनुस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।’

उनले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हित भन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको र त्यसले योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइएको पनि बताएका छन् । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर भएको शाहको भनाई छ । 

उनले विद्यार्थी र ट्रेड युनियन खारेज गरेर देशलाई दलहरुको कब्जाबाट मुक्त गर्ने प्रयास गरेको भन्दै त्यसमा आम नागरिकको साथ र विश्वासको अपेक्षा व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्री शाहले फेसबुकमा पोष्ट गरेको स्ट्याटसः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK