Skip to content
LAXMI SUNRISE BANK

पाँचथरका ६ विद्यालयको नतिजा ‘ननग्रेडेड’

अर्थ सरोकार

काठमाडौँ । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँचथरका ६  वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षार्थी ननग्रेडेड भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार पाँचथरमा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन् । जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो ।

यस्तै प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन् ।

पाँचथरमा दुई जना विद्यार्थी चार जिपीएसहित ग्रेडेड भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK