Skip to content
LAXMI SUNRISE BANK

सरकारी कर्मचारीको तलब बढाउन सिफारिस, सरकार तयार भए यसपाली तलब झण्डै दोब्बरले बढ्ने !

अर्थ सरोकार

काठमाडौँ । सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब बढाउन सरकारलाई सिफारिस गरेको हो । 

समितिले हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको छ । 

समितिले तल्लो तह (कार्यालय सहयोगी) का कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । त्यस्तै, समितिले सबैभन्दा माथिल्लो तह (मुख्यसचिव) का कर्मचारीको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । 

अर्थात, हाल २७ हजार ६ सय १२ रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्याउन सिफारिस गरिएको छ । 

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसयता कर्मचारीको तलब बढेको छैन । गत वर्ष कर्मचारीको तलब वृद्धि गरिने भनिए पनि राजस्वले नधान्ने भन्दै सरकार तलब वृद्धि गर्ने तयारीबाट पछि हटेको थियो । तर, यसपटक भने कर्मचारी तलब वृद्धि हुने सम्भावना रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK