Skip to content
LAXMI SUNRISE BANK

न्यायपालिकामा तोडियो वरिष्ठताक्रमको परम्परा, प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन

अर्थ सरोकार

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार नै सुनुवाइ गरेको समितिले सुनुवाइ सकिएपछि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । 

योसँगै अब न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये चौथो वरियतामा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीश नियुक्त हुने भएका छन् ।

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णयबारे जानकारी अब संसद सचिवालयले राष्ट्रपति कार्यालयमा पठाउनेछ । त्यसपछि प्रधानन्यायाधीशमा शर्माको औपचारिक नियुक्ति हुनेछ । 

हाल प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर कानून व्यवसायीहरु विरोधमा उत्रिएका छन् । संवैधानिक परिषदले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेकोप्रति असन्तुष्टि जनाउँदै कानून व्यवसायीहरुले दिउँसै लालटिन बालेर विरोध समेत जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK