काठमाडौँ । सिद्धार्थ बैंकले किर्ते हस्ताक्षरका भरमा ५० लाख रुपैयाँ ऋण दिएको खुलासा भएको छ । बैंकको पोखरास्थित तालचोक शाखाबाट किर्ते हस्ताक्षरका आधारमा बैंकले ५० लाख रुपैयाँ ऋण दिएको खुलासा भएको हो ।
पोखरा महानगरपालिका-३० ढुंगेपाटनका मोहन बहादुर शाहीको नाममा पोखरा महानगरपालिका–३० मा रहेको जग्गा धितोमा राखेर हस्ताक्षर किर्ते गरी बैंकले ऋण दिएको खुलेको छ ।
यसरी मोहन बहादुरको नाममा रहेको जग्गा बैंकका धितो राखेर हस्ताक्षर किर्ते गरी ५० लाख रुपैयाँ ऋण लिएको खुलेपछि प्रहरीले मोहन बहादुरकी श्रीमती वन्ती शाहीलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वन्ती शाहीले सुर्खेतका भद्र थापासँगको मिलेमतोमा सहीछाप किर्ते गरेर सिद्धार्थ बैंकको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए ।
यसरी श्रीमानको हस्ताक्षर किर्ते गरेर बैंकबाट ऋण लिएको खुलेपछि प्रहरीका परेको उजुरीका आधारमा प्रहरीले मोहन बहादुर शाहीकी श्रीमती वन्तीसँगै सुर्खेतका भद्र थापालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यता किर्ते हस्ताक्षरका भरमा गरिएको ऋण प्रवाहमा बैंककै कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान सोतर्फ पनि केन्द्रित गरेको छ । हामीले उक्त विषयमा बुझ्न सिद्धार्थ बैंकको तालचोक शाखाका ब्रान्च मेनेजर र बैंकका सूचना अधिकारीलाई समेत फोन गर्यौं तर उनीहरुको फोन नै लागेन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्