काठमाडौँ । दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन-ही संलग्न ‘ड्युच मोटर्स’ सेयर बजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक न्यायाधीश मृत फेला परेका छन् । योनहाप समाचार एजेन्सीका अनुसार सोल उच्च अदालतका न्यायाधीश शिन जोङ-ओ अदालत भवन नजिकै मृत फेला परेका हुन् ।
मध्यरातमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजी गर्दा स्थानीय समयअनुसार करिव १ बजे उनी मृत भेटिएका थिए । प्रहरीले उनको मृत्युको वास्तविक कारणबारे गहन अनुसन्धान सुरु गरेको छ ।
उक्त मुद्दा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योलकी पत्नी किम केओन-हीसँग सम्बन्धित छ । गत सोमवार मात्रै विशेष अभियोजक टोलीले किमलाई सेयर बजार चलखेल र भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाउने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
यसअघि अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्याउने निर्णय गरेको थियो । अदालतले जेल सजायका साथै ५ करोड वन (करिव ३३,९१० अमेरिकी डलर) जरिवाना समेत तोकेको थियो । यद्यपि, विशेष अभियोजक टोलीले भने किमलाई १५ वर्षको जेल सजाय हुनुपर्ने माग गर्दै आएको थियो । न्यायाधीश शिन यसै संवेदनशील मुद्दाको सुनुवाइ प्रक्रियामा संलग्न थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्