Skip to content
LAXMI SUNRISE BANK

ट्रेड युनियन काँग्रेसका अध्यक्ष भन्छन्- ‘सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैन’

अर्थ सरोकार

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् । १३७ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन् । 

उनले विश्वभरका श्रमिकहरुले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठ्न नसक्ने तर्क गरेका छन् ।

सरकारले भ्रमवश ट्रेड युनियन अधिकार खारेज गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसक्ने कुँवरले जिकिर गरेका छन् । सरकारले त्यसलाई खारेज गर्ने प्रयास गरेर आफूहरुले सरकारलाई अन्तराष्ट्रिय अदालतमा उभ्याउने अध्यक्ष कुँवरले चेतावनी दिएका छन् । 

त्यस्तै, उनले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न पनि ध्यानाकर्षण गराएका छन् । अध्यक्ष कुँवरले ट्रेड युनियन आन्दोलनमाथि विभिन्न प्रश्नहरु उठेको स्विकार गर्दै त्यसको जवाफ दिने गरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK