काठमाडौँ । सरकारले राज्य कोषबाट दोहोरो वा बढी सुविधा लिनेको विवरण बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनका क्रममा पूर्वविशिष्ट पदाधिकारीहरुले नियमानुसार तोकिएको भन्दा बढी वा दोहोरो सुविधा लिएको पाइएपछि सरकारले गृह मन्त्रालयसँग विवरण मागेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट स्रोतका अनुसार गृह मन्त्रालयलाई पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन भनिएको छ ।
योसँगै गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरुले लिइरहेको सुविधाको पूर्ण विवरण प्रधानमन्त्री कार्यालय पठाउने तयारी गरेको छ ।
गृहले पठाएको विवरणका आधारमा सरकारले मापदण्डविपरीत बढी सुविधा लिनेहरुको सुविधा फिर्ता गर्नेछ । यसले राज्य कोषको दुरुपयोग रोकिनुका साथै सुशासन कायममा सहयोग हुने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्