काठमाडौं । वाणिज्य बैंकहरुको ब्याजदर फेरि घटेको छ । बिहीबार नयाँ ब्याजदर सार्वजनिक गर्दै वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर थप घटाएका हुन् ।
वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४०२५ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ । यसरी औसत ब्याजदर ०.०५९५ प्रतिशत घटेको छ ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ ।
२० वाणिज्य बैंकमध्ये ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स इन्टरनेशनल बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले जेठ महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
त्यस्तै, ब्याजदर स्थिर राख्नेमा कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र सिद्धार्थ बैंक छन् ।
कुन बैंकको ब्याजदर कति ?
जेठ महिनाका लागि एनएमबि बैंकको व्यक्तिगत ब्याजदर ४.८० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत कायम भएको छ, जुन अन्य बैंकहरूको तुलनामा उच्च देखिएको छ । सबैभन्दा कम ब्याजदर कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ ।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् ।
तरलताको अवस्था र बजारको मागलाई मध्यनजर गर्दै बैंकहरूले ब्याजदरमा सामान्य परिमार्जन गरेको देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्