Skip to content
LAXMI SUNRISE BANK

ग्रीन कार्ड सम्बन्धी नीति फेर्दै अमेरिका, प्रक्रिया सुरु गर्न अमेरिका छोड्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाले ग्रीन कार्ड सम्बन्धी नयाँ नीति लागू गर्ने भएको छ । ग्रीन कार्ड सम्बन्धी व्यवस्था कडाइ गर्न अमेरिकाले नयाँ नीति लागू गर्ने घोषणा गरेको हो ।

उक्त नीति लागू भए अमेरिकाको ग्रीन कार्ड लिनका लागि अमेरिका छोडेर आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्नेछ । 

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का अनुसार केही विशेष अवस्थाबाहेक अमेरिकामै बसेर ग्रीन कार्डका लागि प्रक्रिया सुरु गर्न पाइने व्यवस्था हटाइनेछ । ट्रम्प प्रशासनले उक्त कदमलाई अवैध आप्रवासन नियन्त्रणको प्रयास भनेको छ । 

तर, उक्त कदमले लाखौँ आप्रवासीलाई समस्या पर्ने भन्दै अमेरिकामा बस्दै आइरहेकाहरुले विरोध गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK