Skip to content
LAXMI SUNRISE BANK

उद्योगी-व्यवसायीलाई रविले भने- ‘डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैन’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गरेका छन् । निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभएर नीति सुधार गर्ने रहेको भन्दै डर र त्रासमा नपर्न आग्रह गरेका हुन् । 

उनले सरकारको सुशासन अभियानमा साथ दिन पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताएका छन् । 

अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने पनि लामिछानेले बताएका छन् । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको लामिछानेले बताएका छन् । 

तर, अब भने त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गर्दै लामिछानेले सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK