Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी, तीन जना प्रहरीको फन्दामा

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका ३७ वर्षीय सागर गौतम, दाङका ३२ वर्षीय सम्भु गौतम र ओखलढुंगाका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सागर गौतमले युएई पठाउने भन्दै ४ लाख ५८ हजार, सम्भु गौतमले न्यूजील्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार र गुरुङले क्यानडा पठाउने भन्दै २ जनाबाट २४ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए । पीडितले पैसा उठाएर सम्पर्क विहीन भएको भन्दै उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK