काठमाडौँ । पूँजी बजारमा बढ्दो मनी लाउन्डरिङ जोखिमबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । नेपा स्किल एकेडेमीले धितोपत्र दलाल (ब्रोकर) कम्पनी तथा मर्चेन्ट बैंकरहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘Behind the Trades: Uncovering Money Laundering Risks in Nepal’s Capital Market’ शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रम बैशाख ३० गते (बुधबार) ललितपुरको ‘द प्लाजा’मा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा नेपालको पूँजी बजार सम्बन्धी एएमएल/सीएफटी जोखिम, नियामकीय दायित्व, शंकास्पद कारोबार पहिचान तथा कानूनी व्यवस्थाबारे विस्तृतमा छलफल हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रमको पहिलो सत्रमा प्रशिक्षक सिए अशिम भट्टले ‘Practical AML Risks in Brokerage Operations’ विषयमा सहजीकरण गर्नेछन् । सोही सत्रमा सर्कुलर ट्रेडिङ, पम्प एण्ड डम्प, अस्वभाविक कारोबार वृद्धि, बेनिफिसियल ओनरसिप लुकाउने प्रवृत्ति, मल्टिपल तथा म्युल अकाउन्टको प्रयोग तथा ट्रेडिङ खातामा हुने फण्ड फ्लो विश्लेषण लगायतका विषयमा समेटिनेछन् ।
त्यस्तै, कार्यक्रमको दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशक राजाराम दुवालले ‘Regulatory Compliance & Broker Obligations’ विषयमा प्रस्तुति दिनेछन् । सो सत्रमा ब्रोकर कम्पनीहरुमा लागू हुने एएमएल/सिएफटी प्रावधान, केवाईसी, सीडिडि, बेनिफिसियल अनरसिप सम्बन्धी व्यवस्था, पूँजी बजार नियमन अन्तर्गतका अनुगमन दायित्व र निरीक्षणका क्रममा देखिएका सामान्य कमजोरीबारे छलफल गरिनेछ ।
यस्तै, अन्तिम सत्रमा सरकारी वकिल कार्यालयका डेपुटी अटर्नी जनरल सञ्जीव राज रेग्मीले ‘AML/CFT Risk Landscape in Nepal’s Capital Market’ विषयमा सहजीकरण गर्नेछन् । उनले नेपालमा लागू मनी लाउन्डरिङ नियन्त्रणसम्बन्धी कानुनी संरचना, पूँजी बजारमा ब्रोकरको भूमिका, नेशनल रिस्क एसेस्मेन्ट सम्बन्धी तथ्य तथा एसटिआर रिपोर्टिङमा देखिएका कमजोरीबारे जानकारी गराउनेछन् ।
कार्यक्रममा पूँजी बजार क्षेत्रका प्रतिनिधि, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, अनुपालन अधिकृत, लगानीकर्ता तथा सम्बन्धित क्षेत्रका पेशाकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्