काठमाडौँ । परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र ‘आउट’ गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र त्यसको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभियोगमा ३७ वर्षीय निराजन शाही र ३० वर्षीय प्रेमकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका-८ घर भई हाल काठमाडौँको सुविधानगर बस्दै आएका शाही र धादिङको निलकण्ठ नगरपालिका-३ घर भई हाल कपन बस्दै आएका श्रेष्ठलाई सोमबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्डले गरेको पत्राचारका आधारमा पक्राउ गरिएको हो । प्रहरीले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरुले प्रश्नपत्र र त्यसको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेको पुष्टि भएको छ ।
उनीहरुले ‘क्लास १२ म्यानेजमेन्ट अन्ली’ नामक ह्वाट्सएप ग्रुप र मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र ‘आउट’ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेका दुवैजनामाथि जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप गरी ‘विद्युतीय कारोबार ऐन, २०६३’ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्