Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागी विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । दक्षिण कोरिया, मकाउलगायतका देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङजाकी २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार एकतिनले दक्षिण कोरिया पठाउने भन्दै १२ लाख २५ हजार रुपैयाँ र भण्डारीले मकाउ पठाउने भन्दै ५ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै पीडितबाट रकम उठाएर सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो । सोहि उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

हाल दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK