काठमाडौँ । अस्पतालको ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन् । कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको मोटो रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् ।
बैंकमा जम्मा गर्नुपर्ने रकम बैंकमा जम्मा नभएको उजुरी पछि यस प्रकरणमा थप अनुसन्धान अघि बढेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यका अनुसार बैंक भौचरहरू फाइलमा भए पनि सोअनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको छ ।
बैंकका कर्मचारीसँगै अस्पतालका अन्य कर्मचारीहरु पनि पक्राउ परेका छन् । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्