Skip to content
LAXMI SUNRISE BANK

दुई बीमा कम्पनी प्राधिकरणको कारवाहीमा परे, एउटालाई २ लाख, अर्कोलाई ५ हजार जरिवाना !

अर्थ सरोकार

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनी कारवाहीमा परेका छन् । बीमा निर्देशिकामा गरिएका व्यवस्था पालना नगरेको भन्दै बीमा प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो । 

कारवाहीमा परेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई ‘सम्पत्ति बीमा निर्देशन २०८०’ को दफा २५ (२) को व्यवस्था पालना नगरेको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ । 

उक्त व्यवस्था अनुसार बीमा कम्पनीले जारी गर्ने बीमालेखको बीमा शुल्कमा कुनै प्रकारको छुट, रिहायत, कटौती वा सहुलियत दिन नपाइने उल्लेख छ । तर, कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएपछि प्राधिकरणले कारवाही गरेको हो ।

प्राधिकरणका अनुसार कारवाही परेको सगरमाथा इन्स्योरेन्सलाई ‘बीमा ऐन २०७९’ को दफा १३८ को उपदफा (४) खण्ड (क) बमोजिम दुई लाख जरिवाना तिराइएको छ । 

यता लर्ड बुद्ध रि-इन्स्योरेन्सलाई भने ‘पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८’ को दफा १५ को उपदफा (१)(२) को व्यवस्था पालना नगरेको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त कम्पनीलाई कारवाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK