Skip to content
LAXMI SUNRISE BANK

अमेरिका-इरान वार्ताको असरः होर्मुज खुल्ने संकेत, तेलको भाउ घट्यो

अर्थ सरोकार

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता सुरु भएसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग वार्ता अघि बढेको बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिपछि युद्ध अन्त्य हुने सम्झौताको आशमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । 

सोमबार मात्र एशियाली बजारमा ब्रेन्ट क्रुड ५.५ प्रतिशत (४.१६ डलर) ले घटेर ९७.९० डलर प्रति ब्यारेलमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल पनि ५.८ प्रतिशत (४.३५ डलर) ले घटेर ९०.९९ डलर प्रति ब्यारेलमा झरेको छ । 

युद्ध अन्त्यका लागि अमेरिका-इरानबीचको वार्तामार्फत स्ट्रेट अफ होर्मुज खुल्ने र तेल आपूर्ति सहज हुने भएकाले तेलको मूल्य घटेको विश्लेषकहरुको भनाई छ । यद्यपि युद्ध अन्त्यका लागि वार्ता अघि बढेको बताइए पनि युद्ध अन्त्यबारे थप आधिकारिक जानकारी भने आएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK