Skip to content
LAXMI SUNRISE BANK

नयाँ संसद भवनप्रति एमाले नेता महरको आपत्ति, भने- ‘सभाहल भन्दा फिल्म हलजस्तो भयो’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । 

उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए ।

तर, प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरेका छन् । उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षा कोठाजस्ता बनाइएको आरोप लगाएका छन् ।

‘…त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् ।’, उनले भने, ‘त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ । टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’

त्यस्तै, सांसद महरले भवनको संरचना सभाहल भन्दा बढी फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK