Skip to content
LAXMI SUNRISE BANK

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने, पार्टी कार्यालय पनि आफैँ बनाउने !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीन बहादुर गुरुङले दानमा दिएको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकले गुरुङले दानमा दिएको जग्गा फिर्ता गर्ने निर्णय गरेको हो । 

एमालेले गुरुङ दम्पत्तिले गरेको कलंकीमा जग्गासहित भवन निर्माण गरिदिने प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको छ । 

योसँगै पार्टीले अब पार्टीका नयाँ कार्यालय मदननगर, बल्खुमै निर्माण गर्ने पनि निर्णय गरेको छ । यसअघि गुरुङले दानमा दिने भनिएको जग्गामा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले २०८१ असोजमा भवनको शिलान्यास गरेका थिए । 

तर, भवन निर्माणको काम भने अघि बढेको थिएन । उक्त जग्गा दानमा लिएर गुरुङले नै भवन बनाइदिने भएपछि पार्टीभित्रै विरोध भएको थियो । 

अन्ततः एमालेले सो जग्गासहित भवन बनाइदिने प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ । अब एमालेको पार्टी कार्यालय बल्खुमै निर्माण गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK