Skip to content
LAXMI SUNRISE BANK

एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार

अर्थ सरोकार

काठमाडौँ । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रदान गरेको छ । गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई सम्मान गरिएको हो ।

‘एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई रु एक लाख पुरस्कार दिने गाउँपालिकाले गत वर्ष घोषणा गरेको थियो ।’, गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘त्यही कार्यक्रम अन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसइई दिएर चार जिपिए ल्याएर उत्तीर्ण गरेका पनेरुलाई आज आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।’

गाउँपालिकाले ३.४ देखि ३.५९ जीपीए ल्याउने सात जनालाई रु १० हजार तथा ३.६० जीपीए ल्याउने एक जनालाई रु १५ हजारका दरले प्रदान गरेको अध्यक्ष भट्टले बताएका छन् ।

कक्षा १२ का १०, कक्षा १० का नौ, कक्षा ८ का सात र कक्षा ५ का ६ जना विषयगत उत्कृष्ट शिक्षकलाई पनि रु पाँच–पाँच हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK