काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले नेपालको अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै सरकारको ध्यान २० खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताएका छन् ।
उनका अनुसार २० खर्ब खर्च गरेर ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्ने भ्रमबाट देशलाई निकाल्ने ध्यानमा सरकार रहेको पनि बताएका छन् ।
सरकारले निर्माण गर्ने सडक, विद्युत्, शान्ति-सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत संरचना र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढाउने अर्थमन्त्री वाग्लेको भनाई छ । त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने अपेक्षा सरकारको रहेको अर्थमन्त्रीले बताएका छन् ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्ब रुपैयाँबाट १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिँदै सरकारको लगानी व्यापक आर्थिक विस्तारको सहायक माध्यम मात्र हुने पनि अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका छन् ।
राज्य आफैँले सबै क्षेत्रमा लगानी र सञ्चालन गर्ने मोडलमा सरकार नरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बलियो तथा प्रभावकारी नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्