काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले वीरगञ्जको दियालो होटलबाट एक्कासी पक्राउ गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई गलत अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बाराको सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका प्रसाईंले पटक-पटक सरकारले आफूलाई वीरगञ्ज आउन नदिएको आरोप लगाएका थिए । यतिसम्म कि उनले बालेन शाह मधेशको छोरो भए पनि मधेश लगायत देशका अधिकांश सहर भत्काएर जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।
उनले वीरगञ्ज पनि राती घोषणा गरेर बिहान उज्यालो हुन नपाउँदै भत्काएको र यस्तो बेला नागरिकलाई साथ दिनुपर्छ भन्ने लागेर आफू वीरगञ्ज आएको पनि बताएका थिए ।
त्यस्तै, प्रसाईंले मंगलबार वीरगञ्जमा हुने कार्यक्रममा सहभागी हुने र सडक विस्तारको नाममा पीडित भएका स्थानीयको पक्षमा लड्ने पनि बताएका थिए । यसरी अफवाह फैलाएको र विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्