काठमाडौँ । संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गर्नु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भन्दै भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।
यो अभ्यासले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी रिट निवेदनमा गरिएको छ । निवेदनमा डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय खारेज गर्न पनि माग गरिएको छ ।
त्यस्तै, निवेदनमा शर्माको साटो कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गरिएको छ । यद्यपि उक्त रिट दर्ता भने भइसकेको छैन । संवैधानिक परिषदको उक्त निर्णयप्रति राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्