Skip to content
LAXMI SUNRISE BANK

यती एयरलाइन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । यती एयरलाइन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा आईपीओ निष्कासन गर्ने भएको हो । 

कम्पनीले आफ्नो साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK